सन् १९६७ : अन्तरिक्ष अभियान एपोलो १ मिसनको तयारीमा रहेका तीनजना अन्तरिक्षयात्रीको केबिनमा आगो लाग्दा जलेर मृत्यु भयो । यो घटनाले नासाको लुनार अवतरण कार्यक्रमलाई झट्का लागेको थियो ।
सन् १९१८ : फिनल्यान्डमा कम्युनिस्टद्वारा सत्ताकब्जाको प्रयास ।
सन् १९६७ : अमेरिका, बेलायत र सोभियत युनियनबिच आणविक हतियारबारे महŒवपूर्ण सन्धिमा हस्ताक्षर । यो सन्धिले बाह्य अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्न प्रतिबन्ध लगाएको छ ।
सन् १९७३ : भियतनाम युद्ध समाप्त । फ्रान्सको राजधानी पेरिसमा भएको सन्धिपछि अमेरिकाले भियतनाम युद्ध अन्त्य भएको घोषणा गर्यो ।
सन् १९४५ : रुसी फौजद्वारा नाजीले नरसंहार मच्चाएको कुख्यात ठाउँ अस्चविजलाई दोस्रो विश्वयुद्धका क्रममा मुक्त गरेको घोषणा । पोल्यान्डको अस्चविजनजिक क्याम्प खडा गरेर जर्मनीको तत्कालीन नाजी शासकले करिब ११ लाख यहुदीको हत्या गरेको थियो ।