उपेन्द्र यादवले सप्तरी ३ बाट उम्मेदवारी दर्ता गराए

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। यादवले सप्तरी ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

यादवको प्रस्तावकमा मधेश प्रदेशका पूर्वमन्त्री शैलेन्द्रप्रसाद साह र समर्थकमा पूर्वप्रदेश सांसद विदेश्वर यादव ‘बिक्की’ छन्।

०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित यादव ०८० वैशाखमा भएको उपनिर्वाचनमा बारा २ बाट विजयी भएका थिए।

नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धनको सहयोगमा यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

सुझावित समाचार