एमाले अध्यक्ष ओली गृहनगरमा

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

२१ फागुनमा हुने निर्वाचनमा मनोनयन दर्ता गर्न एमाले अध्यक्ष केपी ओली गृहनगर दमक आइपुगेका छन्। ०४८ सालयता चुनावी प्रतिस्पर्धा गर्दै आएको निर्वाचन क्षेत्र झापा ५ मा ओली सोमबार आएका हुन्।

मंगलबार हुने मनोनयनका लागि उनी झापा दमक आइपुगेका हुन्। उनलाई एमाले कार्यकर्ताले दमकस्थित होटेल कामक्षमा स्वागत गरे।

जेन–जी आन्दोलनका क्रममा उनले अघिल्लो निर्वाचनका क्रममा भाडामा लिएको घर आगजनी भएपछि ओली दमकस्थित होटेल कामक्षमा बस्ने एमालेले जनाएको छ। उनले त्यहीँ राजनीतिक भेटघाट गरेर मनोनयनपछि काठमाडौं फर्कनेछन्। 

ओली आएपछि प्रेस चौतारी नेपाल झापाले केहीबेरमा पत्रकार सम्मेलन राखेको छ। ओली जेन–जी आन्दोलनपछि पहिलोपटक झापा आएका हुन्। गत असार अन्तिम सातायता ओली गृहजिल्ला झापा आएका थिएनन्।

सुझावित समाचार