बर्दियामा प्रहरीले चलाएको गोलीबाट एकजना घाइते

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

बर्दियामा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्। गुलरिया नगरपालिका– ११ मा बुधबार साँझ प्रहरीले चलाएको गोली लागेर बहराइच जिल्ला मोतीपुर ठाना लौकाही बजारका ३१ वर्षीय फिरोज खान घाइते भएका हुन् ।

प्रहरीले बुधबार साँझ लागुऔषध चेकजाँच गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि  प्रहरीले गोली चलाएर खानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए। उनले भने,  ‘खान भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । प्रहरीले चलाएको गोली खानको दायाँ खुट्टामा लागेछ। गोली लागेर घाइते खानको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।’

खानको साथमा प्रहरीले २८३ ग्राम लागुऔषध ब्राउनसुगर फेला परेको छ । 

See More On

सुझावित समाचार