पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेको सर्वोच्च अदालत भवनको निरीक्षण गरेकी छिन् ।
शुक्रबार काठमाडौं पुगेर उनले आन्दोलनका वेला भएको आगलागीले अदालत संरचनामा पुर्याएको क्षतिको अवस्था नजिकबाट अवलोकन गरेकी हुन् ।
गत भदौ २३ र २४ गते भएकाे जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न सरकारी तथा निजी भवनहरूमा तोडफोड र आगलागीका कारण व्यापक क्षति पुगेको थियो ।