कामना सेवा विकास बैंकले गर्‍यो विपन्न परिवारलाई सहयोग

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

 कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारलाई सहयोग गरेको छ । कम्पनीको शाखा कार्यालय लहानमार्फत लहान नगरपालिका वडा नं ५ का गरिब, दलित तथा अति विपन्न वर्गलाई जाडोयाममा फाइबर सिरक वितरण गरिएको हो । 

बैंकका मधेश प्रदेश प्रमुख श्याम चवाईंले यो सहयोगले स्थानीयलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । जाडोयाममा फाइबर सिरक वितरण भएकामा स्थानीयहरूले खुसी व्यक्त गरेका थिए । 

सहयोग वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका वडा नं ५ का वडाध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिति रहेको थियो । योसँगै बैंकले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ जनाएको छ ।
 

सुझावित समाचार