आगामी फागुन २१ हुने प्रतिधिधिसभा निर्वाचनको उम्मेदवारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटले पूर्वप्रधानमन्त्री तथा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकल सिफारिस गरेको छ।
शनिबार पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले एकल उम्मेदवारका रूपमा प्रचण्डलाई अघि सारेको हो। नेकपा कालीकोटका केन्द्रीय सदस्यहरूको बैठकले प्रचण्डलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको नेकपा केन्द्रीय सदस्य प्रकाश रोकायाले जानकारी दिए।