तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन–जीहरूले राखेका माग सान्दर्भिक रहेको बताएका छन्। सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयान दिएर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै लेखकले जेन–जीका माग आज पनि उत्तिकै सान्दर्भिक रहेका बताए।
सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा र सुशासनको ग्यारेन्टी जेन–जी मात्र नभई सबै नेपालीको माग रहेको उनको भनाइ थियो।
‘युवा पुस्ताका जेन–जी समूहका भाइबहिनीहरूले जुन माग राख्नुभएको थियो ती मागहरू जायज थिए, जायज छन्, सान्दर्भिक छन्, महत्त्वपूर्ण थिए र छन्। खास गरेर भ्रष्टाचार नियन्त्रण, सुशासनको ग्यारेन्टी र तत्काल सामाजिक सञ्जालमा गरिएको नियन्त्रणलाई फुकुवा गर्ने मुख्य माग राखेर उहाँहरूले प्रदर्शन गर्नुभएको थियो, जुन उहाँहरूको मात्र माग होइन, सबै नेपालीको जनभावना त्यसमा समेटिएको थियो,’ लेखकले भने।