अहिले चुनावको सम्भावना नै छैन : ओली

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा चुनाव हुने सम्भावना नै नरहेको बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा खटिएका स्वयंसेवकलाई प्रमाणपत्र वितरणका लागि बिहीबार आयोजित कार्यक्रममा ओलीले त्यस्तो बताएका हुन् ।

‘अहिले चुनावको वातावरण बनेको छैन, वातावरण बन्ने सम्भावना पनि छैन । चुनावको वातावरण हामीले बनाउने होइन, के हामीले वातावरण बिगार्न मान्छे मार्छौँ, काट्छौँ भन्दै हिँडेका छौँ र ? नेताहरूलाई घरबाट निस्किन दिँदैनौँ भनेको छ र ?’ ओलीले प्रश्न गरे ।

उनले आफूहरू चुनावविरोधी नभएर प्रतिगमनविरोधी र अग्रगमनका लागि संसद् पुनस्र्थापनाको पक्षमा रहेको विषय राष्ट्रपति र प्रधानमन्त्रीलाई जानकारी गराएको पनि बताए । 

See More On

सुझावित समाचार