सन् १९९१ : मिखाइल गोर्बाचेभले टेलिभिजनमा सम्बोधन गर्दै औपचारिक रूपमा सोभियत संंघको राष्ट्रपतिका रूपमा राजीनामा दिए । सोही दिन सोभियत संघ विधिवत् रूपमा विघटन भयो ।
सन् १८६८ : चर्को विरोधका बाबजुद अमेरिकी राष्ट्रपति एन्ड्रयु जोनसनले अमेरिकी गृहयुद्धमा संयुक्त राज्य अमेरिकासँग लडेका सबैजनालाई विनासर्त आममाफी दिए ।
सन् १९७९ : सोभियत फौज आफू समर्थक सरकार गठन गर्न अफगानिस्तानमा प्रवेश गरेको भोलिपल्ट अफगानमा गृहयुद्ध सुरु भयो ।
सन् १९८९ : रोमानियामा २४ वर्ष शासन गरेर आन्दोलनबाट अपदस्थ गरिएका पूर्वराष्ट्रपति निकोलाई चाउचेस्कुविरुद्ध यसै दिन छोटो अदालती सुनुवाइ गरेर दोषी ठहर गरियो र लगत्तै गोली हानेर मृत्युदण्ड दिइयो ।
सन् २००४ : नासाको क्यासिनी यानले बोकेर लगेको युरोपेली स्पेस एजेन्सीले बनाएको हुगेन्स खोज यान शनिको चन्द्रमा टाइटनको अध्ययनका लागि क्यासिनी यानबाट छुट्टियो । । अर्को वर्ष जनवरी १५ मा यो टाइटनको वायुमण्डलमा प्रवेश गरेको थियो ।
सन् २०२१ : नासा, युरापेली स्पेस एजेन्सी (इसा) र क्यानेडियन स्पेस एजेन्सीले संयुक्त रूपमा बनाएको शक्तिशाली ‘जेम्स वेब अन्तरिक्ष दूरदर्शकयन्त्र’ फ्रेन्च गुयनास्थित युरोपेली अन्तरिक्ष प्रक्षपेण केन्द्रबाट प्रक्षेपण गरियो ।