काठमाडौंको धुमिल आकाश, बढ्न थाल्यो तुवाँलो

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

पुस लागेसँगै वायु प्रदूषणको मात्रा बढ्न थालेपछि काठमाडौंको आकाश धुमिल हुन थालेको छ । साँझ–बिहान हुस्सुसहित आकाशमा तुवाँलो बढ्न थालेको छ भने दिउँसो घाम लागे पनि माथिल्लो वायुमण्डल धुमिल देखिन थालेको छ ।

मौसमविद् गोविन्द झाले पानी नपरेकाले धुलोधुवाँका कण वायुमण्डलमा तैरिँदा तुवाँलोको अवस्था बनेको बताए । ‘पानी परेको छैन, प्रदूषणको मात्रा पनि बढिरहेको छ, धुलोधुवाँका कण आकाशमा तैरिँदै जाँदा धुमिल भएको हो,’ उनले भने ।

वर्षा नहुने र हावा पनि कम चल्ने अवस्था लम्बिँदै जाँदा वायु प्रदूषणको मात्रा पनि बढ्दै जाने र आकाश तुवाँलोले ढाक्ने हुन्छ । काठमाडौंमा मंगलबार अपराह्न वायु प्रदूषणको मात्रा १०३ एक्युआई थियो । तर, राति बढेर १५० नाघेको छ । यो मात्रा ५० नाघ्दा मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ ।

सुझावित समाचार