देउवा र ओलीबिच भेटवार्ता

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ। महाराजगन्जस्थित देउवानिवासमा पूर्वप्रधानमन्त्रीद्वयबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ। 

जेन–जी आन्दोलनपछि ओली र देउवाबिच अनौपचारिक संवाद भए पनि दोस्रोपटक औपचारिक भेटवार्ता भएको सार्वजनिक भएको हो। यसअघि देउवालाई भेट्न ओली गत १९ मंसिरमा पुगेका थिए। सोमबारको भेटमा एमाले महासचिव शंकर पोखरेल र देउवापत्नी आरजु देउवासमेत सहभागी थिए।  

जेन–जी आन्दोलनपछि एमाले संसद् पुनर्स्थापनाको पक्षमा छ। कांग्रेसले भने निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ। यद्यपि, कांग्रेसका केही निवर्तमान सांसदहरूले संसद् पुनर्स्थापनाको पक्षमा सर्वाेच्चमा रिट दायर गरेका छन्। 

सुझावित समाचार