साढे २३ अर्बको बिमा दाबीमा पाँच अर्ब भुक्तानी

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीमा परेको कुल ३ हजार ३ सय तीनवटा निवेदनमार्फत २३ अर्ब ४५ करोड दाबी परेमध्ये हालसम्म ५ अर्ब १८ करोड दाबी भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बिमातर्फ ७ सय १० वटा बिमा दाबीको १९ अर्ब २ करोडमध्ये ३ अर्ब ८२ करोड र मोटर बिमातर्फ २ हजार ३ सय ११ वटा बिमा दाबीको ३ अर्ब ४७ करोडमध्ये १ अर्ब २२ करोड भुक्तानी भएको छ ।

यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ दुई सय २५ वटा बिमा दाबीको ५५ करोड ४७ लाख दाबी मध्ये ७ करोड ५० लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

See More On

सुझावित समाचार