नेकपा एमालेकाे एघाराैँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ। शनिबारबाट सुरु महाधिवेशनमा सहमतिबाट नयाँ नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियामा गएको छ। त्यसका लागि आज राति आठ बजेपछिबाट मतदान सुरु हुने जनाइएको छ।
अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् भने दुवै पक्षले सबै क्लस्टरमा आ–आफ्नो उम्मेदवार खडा गरेका छन्। ईश्वर प्यानलले आज पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको नामावली निकालेको छ।
जसको पाँच उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुमेघी गुरुङ छन्। महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेलाई उम्मेदवार बनाइएको छ भने उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी छन्। सचिवमा नौजना उम्मेदवारको नाम सार्वजनिक भएको छ।

