म हावा भरेको भकुन्डोजस्तै हो, जति पछार्यो त्यति माथि पुग्छु : ओली

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण
म हावा भरेको भकुन्डोजस्तै हो, जति पछार्यो त्यति माथि पुग्छु : ओली

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले आफूलाई लखेटे पनि जनताले माया गरिरहेका बताएका छन्।

बिहीबार सम्पादकहरुसँगको छलफलका क्रममा उनले आफू हावा भरेको भकुन्डोजस्तै रहेको उल्लेख गर्दै भने, ‘हुन त सिद्धाइसकियो भन्ठान्छन्, तर म हावा भरेको भकुन्डोजस्तै हो । जति जोडले पछार्यो त्यति माथि पुग्छ।’

प्रधानमन्त्री सुशीला कार्की र एमाले वरिष्ठ उपाध्यक्षलगायतको चाहानाबारे आफू जानकार रहेको बताउँदै उनले भने, ‘उहाँहरु के चाहानुहुन्छ भन्ने त उहाँहरुले रिपिटेडली मिडियामा बोलेका कुराबाट प्रष्टै छ त । प्रधानमन्त्री सुशीला कार्कीजी र वरिष्ठ उपाध्यक्षजीलगायतका मेरा मित्रहरुको चाहाना त एउटै छ नि ।’

सुझावित समाचार