प्रभु बैंकका सिइओ शेरचन पक्राउ

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका सिइओ अशोक शेरचनलाई पक्राउ गरेको छ। अनामनगरस्थित कार्यालयबाटै उनी आइतबार पक्राउ परेका छन्। 

प्रभु ग्रुपसँग जोडिएको ठगी मुद्दामा उनी पक्राउ परेका हुन्। ठगीसम्बन्धी केही रकम प्रभु बैंकमा आएको देखिएपछि उनलाई पनि अनुसन्धानको दायरामा ल्याइएको सिआइबीका एक अधिकारीले बताए। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललाई पनि सिआइबीले पक्राउ गरेको छ। त्यस्तै प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीका एसएसपी शिव कुमार श्रेष्ठले बताए। 

यसअघि पक्राउ परेका बैंकका पूर्वअध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचन भने हाजिरी जमानीमा छुटिसकेका छन्। 

सुझावित समाचार