सिजीको दसैँ–तिहार योजनाको विजेता बने खनाल

आइतबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैँ–तिहारअन्तर्गत सञ्चालित योजनाको विजेता घोषणा गरेको छ । कम्पनीले साना घरेलु उपकरणको पाक्षिक लक्की ड्रको विजेता घोषणा गरेको छ । योजनामा सहभागी ग्राहकमध्येबाट बिर्तामोड, झापानिवासी केशव खनाल विजेता बनेका छन् । विजेता खनाललाई कम्पनीले ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’को विशेष होम एप्लायन्सेस गिफ्ट प्याक उपहारस्वरूप प्रदान गरेको छ । 

सिजी ब्रान्डले लामो समयदेखि नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यले उत्कृष्ट गुणस्तरका साना घरायसी उपकरणहरू उपलब्ध गराउँदै आएको छ । मिक्स्चर–ग्राइन्डर, जुसर, ब्लेन्डर, कुकर, इन्डक्सन चुलो, फ्यान, हिटर, भ्याकुम क्लिनर, इलेक्ट्रिक केतली, टोस्टर, ग्रिलर र कफी मेकरजस्ता उपकरणहरू सुपथ मूल्य, आकर्षक डिजाइन र दीर्घकालीन कार्यक्षमतासहित बजारमा उपलब्ध छन् । 

चार दशकदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत नेपाली परिवारको विश्वास जितेको छ । देशभर २० वटा आधुनिक सोरुम, ४० वटा सेवा केन्द्रमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ ।

See More On

सुझावित समाचार