निर्वाचन आयाेगले मतदाता नामावलीकाे नाम दर्ताकाे समय एक साता थप्ने भएकाे छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले एक साता थप्न अनुराेध गर्दै गरेकाे पत्राचार र प्रधानमन्त्रीले फाेन गरेर अनुराेध गरेकाले आयाेग समय थप्ने निष्कर्षमा पुगेकाे कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए ।
‘आयाेगले निर्णय त गरिसकेकाे छैन । तर, चार–पाँच दिनदेखि पाँच–सात दिनसम्म थप्ने साेेचेका छौँ,’ गृहमन्त्रीसँग आयाेगमा भएकाे छलफलमा उनले भने । हाल मतदाता नामावली दर्ताकाे समय ३० कात्तिकसम्म ताेकिएकाे छ।