दिगो विकासका लक्ष्य प्राप्तिमा टेवा पुर्याउन कुमारी बैंकले ग्रिन सेभिंग्स डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । ‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत खोलिने हरेक खाताबापत एक रुख बैंकका तर्फबाट रोपिनेछ । जसमा निक्षेपकर्ताकोे पर्यावरण संरक्षण तथा प्रवद्र्धनमा अप्रत्यक्ष रूपमा सहभागिता रहनुका साथै खातावालाले आकर्षक सुविधासमेत प्राप्त गर्नेछन् ।
यस खातामा साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाखसम्मको बिमा सुविधा, दुई वर्षसम्म नि:शुल्क मोबाइल बैंकिङ सेवा, दुई लाखसम्मको फोनलोन सुविधा (योग्यताअनुसार) पाइने छ । त्यस्तै प्रत्येक खाताबापत एक रुख रोपिने र यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धनमा लगाइने बैंकले जनाएको छ ।
साथै, पर्यावरणलाई सकारात्मक प्रभाव सिर्जना गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाताबापत एक रुख रोप्ने भएकाले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सिर्जना हुने बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले बताए ।