सफल व्यवस्थापकका रूपमा लोकप्रिय बनेर चुनावी सरकारको मन्त्री बनेका कुलमान घिसिङ राजनीतिक मैदानमा उत्रिएका छन् । उनको पहलमा उज्यालो नेपाल पार्टी गठन भएको छ । सो दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा प्रक्रिया अघि बढेको छ।
२७ साउनमै काभ्रेका ज्ञानबहादुर तामाङले दल दर्ताका लागि निवेदन दिएको उज्यालो नेपाल पार्टीलाई पुनर्गठन गरेर घिसिङले मंगलबार पुनः कागजात पेस गरेका छन् । घिसिङ भने पार्टीको कमिटीमा बसेका छैनन् । उनले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा उज्यालो पार्टी दर्ता प्रक्रिया अगाडि बढाएका हुन् । ५१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीको चुनाव चिह्न बलेको चिम रहेको छ ।
पार्टीमा धेरै विज्ञहरू छन् । निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय समितिको अद्यावधिक विवरणमा डा. ताराप्रसाद जोशी (डडेल्धुरा), प्रा.डा. महेन्द्रसुन्दर लावती (पाँचथर), डा. घनश्याम पाण्डे (रुपन्देही), डा. सागर ढकाल (स्याङ्जा), डा. अभिषेकराज सिंह (सर्लाही), ई.डा. शंकर ढकाल (काभ्रे), ई. तेजनारायण यादव (सिराहा), रिमा विश्वकर्मा (बर्दिया), टासी ल्हान्जोम (हुम्ला), डा. राजु थापा (काठमाडौं) सदस्य छन् ।
यसैगरी डा. विशाल भण्डारी (दोलखा), श्री गुरुङ (संखुवासभा), ई. निलीमा बस्नेत (झापा), ई. दीपेन्द्र जमरकट्टेल (धादिङ), सीतादेवी पाण्डेय (रुपन्देही), ज्ञानेन्द्रकुमार तामाङ (काभ्रे), डकेन्द्र सिं थेगिम (इलाम), डा. आशुतोषविजय पन्त (काठमाडौं), डम्बर लावती (सुनसरी), हिराप्रसाद सोती (किरण विक) (रुपन्देही), सोमप्रसाद चौधरी (बर्दिया), विजय कँडेल (नवलपरासी), ई. अरविन्द साह (बारा), धनबहादुर मिक्चन (सर्लाही), कुशल गुरुङ (कास्की), निर्देश सिलवाल (लमजुङ), लाक्पा फुटी शेर्पा (सोलुखुम्बु), सुभाष प्रधान (चितवन), जितराम लामा (काभ्रे) केन्द्रीय सदस्य छन् ।
यसैगरी, सरस्वता सुब्बा (सरु) (ताप्लेजुङ), विद्या श्रेष्ठ महर्जन (काठमाडौं), रामेश्वर श्रेष्ठ (काठमाडौं), तुलसा वाइबा (सिन्धुली), रजिया बानु (काठमाडौं), महेन्द्रकुमार थापा (इलाम), ज्योत्सना सैजु (काभ्रे), अग्निमाया मेचे (झापा), कुसुम घिमिरे (अर्घाखाँची), मनोज लुहार (कैलाली), सुमी मोक्तान (काठमाडौं), सञ्जीव भट्टराई (चितवन), सुजन श्रेष्ठ (काठमाडौं), देवकी पौडेल (नुवाकोट), रोशनी लामा (तामाङ) (रामेछाप), बालिका चौधरी (बर्दिया), भीमबहादुर कुमाल (कञ्चनपुर), खड्कबहादुर बस्नेत (बागलुङ), राजाराम तण्डुकार (ललितपुर), ई. राजेन्द्र शाही (कालीकोट), शिवानी प्रधान (ललितपुर) रहेका छन् ।
उज्यालो नेपाल पार्टी गठनका क्रममा सुरुवातमा पूर्वमन्त्री सुमना श्रेष्ठ, हामी नेपालका संयोजक सुदन गुरुङको समूह पनि छलफलमा थियो । तर, सहमति नजुटेपछि उनीहरू अलग भएका छन्।