सर्वाेच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। शाक्यले आफूलाई कानुनविपरीत हटाइएको भन्दै अन्तरिम आदेश माग गरी सर्वाेच्चमा रिट दायर गरेका थिए।
रिटउपर प्रारम्भिक सुनुवाइ गर्दै सर्वाेच्चले कारण देखाऊ आदेश जारी गरेको हो। न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेशको विषयमा छलफल गर्न २१ कात्तिकमा दुवै पक्षलाई बोलाएको छ।
गत ५ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।