लोसपाले मधेश सरकारबाट समर्थन फिर्ता लियाे

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

लोसपा नेपालले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीबाट सरकारमा सहभागी रानीकुमारी तिवारीले शिक्षामन्त्री पदबाट राजीनामा दिएसँगै लोसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

एमाले, कांग्रेस र लोसपा नेपालको समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए। सत्तासाझेदार दल एमाले र कांग्रेसले यसअघि नै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहले भोलि मंगलबार प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने तयारी गरेका छन्।

अल्पमतमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहको विश्वासको मत परीक्षणको पूर्वसन्ध्यामा लोसपाले पनि समर्थन फिर्ता लिएको हो।

सुझावित समाचार