राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को गठन प्रक्रिया सुरु गरी पाँचजनालाई त्यसमा मनोनयन गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले यससम्बन्धी निर्णय गरेको हो । मनोनीत हुनेमा वरिष्ठ अधिवक्तादेखि पूर्वक्याम्पस प्रमुखसम्म छन्।
को–को भए मनोनयन ?
१ जगन्नाथ पौडेल, वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ (चितवन) ।
२ नमस्तेलाल भूमि, सर्वांगीण विकास एवं सरसफाइविज्ञ (तनहुँ) ।
३ शोभा जोशी बिजुक्छे, समाजसेवी, उद्यमी, पूर्वगभर्नर–लायन्स क्लब इन्टरनेसनल (ललितपुर) ।
४. इन्जिनियर श्री बुद्धिलाल विश्वकर्मा, जलस्रोत एवं सिँचाइविज्ञ (सप्तरी) ।
५. जयकिशोर लाल, पूर्वक्याम्पस प्रमुख, जनकपुर नर्सिङ क्याम्पस (महोत्तरी) ।
