देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको विभागले जनाएको छ ।  

See More On

सुझावित समाचार