काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संयाेजक सुदन गुरुङविरुद्ध जाहेरी दिन एमालेनिकट अनेरास्ववियुको टोली प्रहरीमा पुगेको छ। अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको टोली जाहेरी लिएर काठमाडौं जिल्ला प्रहरी परिसर पुगेको हो।
यसअघि आजै तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि कारबाहीको माग गर्दै जेन–जी प्रतिनिधि पनि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन्। सोमबार प्रहरीले जाहेरी दर्ता नगरेपछि उनीहरू मंगलबार पनि परिसर गएका हुन्।