नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार भने सुनको मूल्य दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर दुई हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको दुई हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।