काठमाडौं जिल्ला अदालतमा आरोपीको म्याद थप सुरु

मंगलबार, ३१ भदौ, २०८२
डिजिटल संस्करण

आन्दोलनमा जलेर ध्वस्त भएको जिल्ला अदालत, काठमाडौंले मंगलबारदेखि केही सेवा सुरु गरेको छ । पक्राउ परेका आरोपीहरूको म्याद थप सुरु गरिएको छ । 

बबरमहलमा रहेको जिल्ला अदालतको मुख्य भवन र अन्य सहायक भवनमा पनि आगजनीका कारण ठुलो क्षति पुगेको छ । जसकारण अदाललते सेवा दिन सकेको थिएन । मंगलबारदेखि सरकारी वकिल कार्यालयले पनि काम थालेको र जिल्ला अदालतमा म्याद थप सुरु भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले बताए। आन्दोलनपछि लुटपाटलगायत अभियोगमा पक्राउ परेका आरोपीलाई प्रहरीले अदालतमा उपस्थित गराई थुनामा राख्ने म्याद लिएको हो। 
 

सुझावित समाचार