सन् १८१४ : ब्रिटिस फौजले वासिंटन डिसी कब्जा गरेर सहरमा आगजनी गरिदियो । अमेरिकाले यसअघि टोरन्टोस्थित बेलायती क्षेत्रीय संसद् भवनमा आगजनी गरेको प्रतिशोधमा उक्त आगजनी गरिएको थियो ।
सन् १८९१ : थोमस एडिसनले आजकै दिन मोसन पिक्चर (चलचित्र) क्यामेराको प्याटेन्टका लागि दर्ता गरे ।
सन् १९५४ : अमेरिकाले देशको कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगायो ।
सन् १९६३ : अमेरिकी विदेश मन्त्रालयले साइगनस्थित दूतावासमा सन्देश पठाउँदै तत्कालीन दक्षिण भियतनामी राष्ट्रपति न्गो दिन्ह दियमले उनका भाइलाई राजनीति सल्लाहकारको पदबाट नहटाए नयाँ नेतृत्वको विकल्प हेर्न बाध्य हुने धम्की दियो ।
सन् १९९१ : तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्बाचेभले सोभियत संघ कम्युनिस्ट पार्टीको महासचिव पदबाट राजीनामा दिए ।
सन् २००४ : रुसबाट अलग चेचेन राज्यको माग राखेर लडिरहेका चेचेन विद्रोहीले दुईवटा हवाईजहाजमा आत्मघाती विस्फोट गर्दा ८९ जनाको मृत्यु भयो ।
सन् २००६ : इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (आइएयू) ले आजकै दिन यम (प्लुटो) को ग्रहको दर्जा खोसेर त्यस आकाशीय पिण्डलाई ‘पुड्को ग्रह’को दर्जा दियो ।