एनएमबि बैंकले नाडा अटो सोमा सहभागिता जनाउँदै र चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले केवल ७.१३ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन् ।
सीमित समयावधिका लागि ल्याइएको यो योजना इलेक्ट्रिक सवारीसाधन किन्न चाहेका ग्राहकका लागि राम्रो अवसर हुन सक्ने बैंकले जनाएको छ । यसका लागि आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ ।
बैंकले यो योजनामार्फत वातावरणमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै आइरहेको छ । नेपालको दिगो तथा हरित भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्य बैंकको रहेको छ ।