बिवाइडीको एक करोड ३० लाख एनइभी उत्पादन

बिहिबार, ८ साउन, २०८२
डिजिटल संस्करण

सवारीसाधन निर्माता कम्पनी बिवाइडीले एक करोड ३० लाख युनिट न्यु इनर्जी भेइकल्स (एनइभी) उत्पादन गरेको छ । चीनको सेन्झेन–सानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा कम्पनीले याङवाङ यु७ मोडेल एक करोड ३० लाख सवारीसाधन सार्वजनिक गरी उत्सवसमेत मनाएको छ । 

कम्पनीका अनुसार सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बिवाइडीको बिक्री लगातार बढिरहेको छ । जनवरीदेखि जुनसम्म बिवाइडीको घरेलु बिक्रीमा गत वर्षको सोही अवधिको तुलनामा ३१.५ प्रतिशतले वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ । त्यसैगरी यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री भने १२८.५ प्रतिशत वृद्धि भई चार लाख ७२ हजार युनिट पुगेको कम्पनीको दाबी छ । 

उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा बिवाइडी पहिलो स्थानमा रहन सफल भएको छ भने एक करोड ३० लाख न्यु इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनीसमेत बनेको छ । बिवाइडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजार र प्रयोगकर्ताको आशा र विश्वासलाई प्रतिबिम्बित गरेको छ । याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डका रूपमा परिचित छ । 

See More On

सुझावित समाचार