एनआइसी एसिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबिच छुट सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यो सुविधा लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ । भक्तपुर इन्टरनेसनलसँगको सहकार्यले ग्राहकले स्वास्थ्य उपचारमा लाभ पाउने बैंकले विश्वास लिएको छ ।