बेलिब्रिजबाट लडेर बालकको मृत्यु

शनिबार, २१ असार, २०८२
डिजिटल संस्करण

बाजुरामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला बाजुरा, बुढीनन्दा- १ पारतोला बस्ने गणेश भण्डारीका छोरा वर्ष १२ को बिशाल भण्डारी रहेका छन्।

शुक्रबार घरबाट नुहाउन जान्छु भनी गएकोमा भारती कसैडी र जगन्नाथ- १ पिलुचौरको सिमाना भएर बग्ने बड्डीगाड खोलाको बेलिब्रिज पुलबाट लडी घाइते भई उपचारको लागि आफन्तले कोल्टी अस्पताल बुढीनन्दा बाजुरामा ल्याई चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरी जनाएको छ ।

सुझावित समाचार