ग्लोबल आइएमई र आइडिया नेपालबिच सहकार्य

शुक्रबार, ६ असार, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)बिच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकले आइडिया नेपालको आधिकारिक बैंकका रूपमा सेवा प्रदान गर्नेछ ।

आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना शाखा कार्यालयबाट आइडिया नेपालका सम्पूर्ण सदस्यलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्नेछ । 

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक होे ।

साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले रेमिट्यान्स सेवासमेत दिँदै आएको छ । 

सुझावित समाचार