धनराज गुरुङ मुछिएको मितेरी सहकारी अपचलनमा संलग्न एक आरोपी पक्राउ

बुधबार, ४ असार, २०८२
डिजिटल संस्करण

कांग्रेस उपसभासपति धनराज गुरुङ समेत मुछिएको  ललितपुरको मितेरी सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारी पक्राउ परेका छन्। कम्बोडियामा पक्राउ परेका उनलाई बुधबार बेलुका नेपाल प्रहरीले  नेपाल ल्याएको छ । 

यो सहकारी ठगीमा धनराजकी पूर्वपत्नी ज्योती गुरुङ प्रमुख आरोपीत छिन्। सहकारी हिनामिना गर्दा धनराज र ज्योतीबिच सम्बन्ध बिच्छेद भएको थिएन। सम्बन्धबिच्छेदपछि पनि उनले पूर्वश्रीमतीको नाममा केही कर्जा तिरेकाले यसमा धनराजको समेत मिलेमताको आरोप लाग्दै आएको छ । संसदीय छानविन समितिले पनि सम्बन्ध बिच्छेद कागजी मात्र भएकाले यस विषयमा छानविन गर्न प्रहरीलाई सिफारिस गरेको थियो । 

सहकारी ठगीको पैसा क्रिप्टोमा समेत लगानी गरिएकाले यसमा सम्पत्ति शुद्धीकरण मुद्दा समेत आकर्षित हुने सम्भावना छ । धनराजकी पूर्वपत्नी भने अमेरिकामा रहेको बताइएको छ । 

सो सहकारीको ठगीमा गत वर्ष भदौमा नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा जाहेरी दर्ता भएकोमा पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी भइकसकेको थियो। 

सुझावित समाचार