सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटरचालकको मृत्यु

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

म्याग्दीको धवलागिरी गाउँपालिका– ३, मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर सिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्स्काभेटरचालक ३२ वर्षका खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

स्याङ्जाको चापाकोट नगरपालिका– ८ घर भएका एक्स्काभेटरचालक कुमालको शव एक्स्काभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए। घटनापछि प्रहरी र स्थानीयवासीले एक्स्काभेटरचालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्स्काभेटरसमेत पूर्ण रूपमा क्षति भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भिरमा सडक निर्माण गरिरहेको छ ।

सुझावित समाचार