सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

शनिबार, ११ जेठ, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठकको आह्वान गरेका छन्।भोलिदेखि हुने प्रदेश सभा अधिवेशनका सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सम्पन्न बैठकमा सरकारको भावी नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो। 

मुख्यमन्त्रीले विकास खर्च बढाउन सरकार प्रतिबद्ध रहेको बताउँदै सदनमा विपक्षीलाई रचनात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए। मुख्यमन्त्रीको सचिवालयका अनुसार बैठकमा उपस्थित प्रमुख विपक्षी दलका र सत्तारुढ दलका नेताले नीति तथा कार्यक्रमका साथै बजेटका प्राथमिकताका सम्बन्धमा  सुझाव दिएका थिए। 
 

सुझावित समाचार