कारको ठक्करबाट बालकको मृत्यु

मंगलबार, ३० बैशाख, २०८२
डिजिटल संस्करण

दुधौली नगरपालिका– ८, खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बिएबी  ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली– ७, चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। 

कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो । प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । 

सुझावित समाचार