फोहोर बेचेर १४ लाख आम्दानी

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

व्यास नगरपालिकाले नकुहिने फोहोर बिक्री गरेर आठ महिनाको अवधिमा १४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत भदौदेखि फोहोर संकलन गरी व्यवस्थित कार्य थालेको यस नगरपालिकाले चैतसम्मको अवधिमा उक्त रकम आम्दानी गरेको हो ।

पहिलो चरणमा नकुहिने फोहोरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्ण घिमिरेले जानकारी दिए ।  

उनका अनुसार रेडबुललगायत आल्मुनियम प्रतिकिलो ६०, फलाम प्रतिकिलो ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कापी १६ र किताबको प्रतिकिलो १४ रुपैयाँ दररेट कायम गरिएको छ । 

See More On

सुझावित समाचार