प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई बुझाए सरकारको वार्षिक प्रतिवेदन

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् । आइतबार राष्ट्रपति भवन, शीतलनिवासमा प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

सरकारको वार्षिक प्रतिवेदन बुझाउन प्रधानमन्त्री ओली प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित शीतलनिवास पुगेका थिए ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सरकार मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणका लागि तदारुकताका साथ लाग्नुपर्ने बताए। ‘उपलब्ध स्राेत–साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त हुन्छ,’ राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने आवश्यकतासमेत औँल्याए ।

सुझावित समाचार