एउटा पांग्राविना जनकपुरबाट आएको बुद्ध एयरको विमान काठमाडौंमा सकुशल अवतरण

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पांग्राविना नै काठमाडौंमा सकुशल अवतरण गरेको छ।

आज अपराह्न जनकपुरबाट काठमाडौंका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पांग्राविना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उनले भने, 'एक पांग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ। यो खासै ठुलो समस्या भने होइन, तर पांग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ।' जहाजको इन्डिकेटरले पांग्रा खसेको जानकारी नदिएको चालक दलका सदस्यले बताएका छन्। विमानमा ६२ यात्रु सवार थिए। 

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौंमा सुरक्षित अवतरण गरेको बताए। 'जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ,' उनले भने। सो विषयमा नागरिक उड्डयन प्राधिकरणले छानबिन गर्ने तयारी गरेको छ। 
 

सुझावित समाचार