स्वास्थ्य बिमासहितका कार्यक्रमलाई थप करिब चार अर्ब रुपैयाँ निकासा

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको रकम भुक्तानीलगायत कार्यक्रमका निम्ति थप तीन अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम निकासाको निर्णय गरेका हुन् ।

त्यसमध्ये स्वास्थ्य बिमा बोर्डलाई तीन अर्ब रुपैयाँ छुट्याइएको छ । ज्येष्ठ नागरिकको उपचारसहितका निम्ति ६० करोड रुपैयाँ विनियोजित छ ।

निकासा भएको रकममा स्वास्थ्य बिमा बोर्डलाई  तीन अर्ब, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि  ६० करोड र मुटुरोगका बिरामीलाई निःशुल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई  २४ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार