प्रधानमन्त्री ओलीलाई दुईतिहाइको घमन्ड नगर्न एकीकृत समाजवादीको चेतावनी

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी ओलीलाई दुईतिहाइ सरकारको घमन्ड धेरै नगर्न चेतावनी दिएकाे छ ।

शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (एस)का नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले दुईतिहाइको सरकारले निरंकुश शासनको झल्को देखाइरहेको टिप्पणी गरे ।

उनले सम्बोधन गर्दै भने, ‘अघि प्रधानमन्त्रीज्यूले दुईतिहाइको सरकार हो भनेर दम्भ देखाउनुभयो । त्यसो भए दुईतिहाइको सरकार छ भनेर जे-जे गर्न मन लाग्यो त्यही गरे भइहाल्यो नि । जे मन लाग्छ त्यही गर्नुस् । दुईतिहाइ छ भने कालोलाई सेतो भन्नुस् न त, दुईतिहाइको धेरै घमन्ड नगर्नुस् । दुईतिहाइको सरकारले निरंकुश शासनको झल्को देखाउँछ ।’

सुझावित समाचार