राक्सिराङमा बोलेरो दुर्घटना हुँदा एकजना गम्भीर घाइते

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा एक पुरुष गम्भीर घाइते भएका छन्। मकवानपुर प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न बाँकी छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार राक्सिराङ– ५ चाक्ले बगरस्थित भित्री सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०१–००१ च २९४६ नम्बरको  बोलेरो दुर्घटना भएको हो।

मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको उक्त बोलेरो सडकबाट अन्दाजी तीन–चार मिटर तल खोलाको बगरमा खसेको छ। बोलेरोमा सवार आठ यात्रुमध्ये एकजना घाइते भएका हुन्।

शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारका लागि मनहरीतर्फ पठाइएको छ। दुर्घटनापछि फरार भएका गाडीचालकको खोजतलास  भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।

सुझावित समाचार