कांग्रेस र एमालेको प्रस्ताव स्वीकार नगरेपछि रविलाई आतंकित पार्ने र ज्यादती गर्ने काम भएको प्रचण्डको दाबी

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्डले सबैभन्दा बढी सहकारी ठगहरू अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरूसँग सम्बन्धित रहेको दाबी गरेका छन् । देशभर पालिकास्तरमा खबरदारी सभा गर्ने क्रममा मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र एमालेका ठुला नेताहरू नै सहकारी ठगको रूपमा देखा परिसकेको तथ्य नछिपेको दाबी गरे ।

सत्तारूढ दलसँग सम्बन्धित व्यक्ति बचाउन सरकार लागेको भन्दै प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई प्रतिशोधपूर्ण व्यवहार गरिएको र एमाले–कांग्रेसलाई यसको मूल्य धेरै चर्को पर्ने चेतावनी दिए ।

‘अहिले उहाँहरूले एउटा पाउनुभएको छ– रवि लामिछाने । मानौँ यो देशका सहकारीपीडितहरू सबै रवि लामिछानेबाट भएका हुन् जस्तो गरी । जो दुई–दुईपटक यही चितवन जिल्लाबाट निर्वाचित भए, अत्यधिक मतद्वारा तपाईंहरूले नै भोट दिएर । म धेरै त भन्दिनँ अहिले । कांग्रेस र एमालेका नेताले रविलाई तपाईं प्रधानमन्त्री भइदिनुस्, हाम्रो साथमा आउनुस् भनेको मैले आफ्नै आँखाले र कानले देखेको र सुनेको छु,’ प्रचण्डले भने, ‘आफ्नो पार्टीमा आइदियो भने प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने यिनीहरू अहिले मानौँ महान् अपराधी फेला पारियो भने जसरी रविलाई कहिले मध्यरातमा आतंकित पार्दै एक ठाउँबाट अर्को ठाउँमा सार्ने गरेका छन् । यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’ 

See More On

सुझावित समाचार