प्रदर्शन हिंसात्मक बनाउने नियतले घुसपैठ भयो : रास्वपा

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो कार्यक्रम बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भएको बताएकाे छ।

पार्टी प्रवक्ता मनीष झाले बुधबार विज्ञप्ति जारी गर्दै चितवनमा भएको प्रदर्शनका क्रममा पार्टी सदस्यहरूबाट सञ्चारकर्मीमाथि कुटपिट भएको भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टी सदैव सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूप्रति सम्मान राख्दछ र सञ्चारकर्मीहरूलाई सुरक्षित राख्नुपर्छ भन्ने पार्टीको स्पष्ट मान्यता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा प्रदर्शनमा पार्टी सदस्य तथा पार्टीका शुभचिन्तकहरूबाहेक कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको प्रमाण हिजो पनि भेटिएको थियो र त्यस्तै उद्देश्य लिएर आएका व्यक्तिहरूबाट चितवनमा यस्तो भएको हुन सक्ने हाम्रो अनुमान छ।’

आफ्नो कार्यक्रममा घुसपैठ गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न रास्वपाले माग गरेको छ। साथै, यस्ता घटना नहोस्‌ भनी चनाखो रही शान्तिपूर्वक र नियन्त्रित रूपमा विरोध कार्यक्रम गर्नसमेत पार्टीले नेता-कार्यकर्तालाई आग्रह गरेको छ।

See More On

सुझावित समाचार