प्रधानसेनापति भारत जाँदै, भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित हुने

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

प्रधानसेनापति अशोकराज सिग्देल भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा उनले २६ देखि २९ मंसिरसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानसेनापति भएपछि सिग्देलको पहिलो विदेश भ्रमण हुन लागेको हो।

नेपाल र भारतको परम्पराअनुसार प्रधानसेनापति सिग्देललाई भारतका राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ। भारतीय सेनाध्यक्ष द्विवेदीलाई हालै नेपालमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको महारथीको दर्जाबाट सुशोभित गरेका थिए।

भारतमा प्रधानसेनापति सिग्देलले उच्चपदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। उनी इन्डियन मिलिटरी एकेडेमी देहरादुनमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेसमेत कार्यक्रम तय भएको सेनाले जनाएको छ।

सुझावित समाचार