नेपाल–चीन विकास सहकार्यमा नयाँ ढोका खुल्यो : प्रधानमन्त्री ओली

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले नेपाल र चीनबिचको विकास सहकार्यमा नयाँ ढोका खुलेको बताएका छन्।

बेल्ट एन्ड रोड सहकार्य (बिआरआई) फ्रेमवर्कमा हस्ताक्षरपछि सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्। दुई देशको परराष्ट्रसचिवस्तरमा आज बुधबार उक्त फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

‘नेपाल र चीन सरकारबिच आज बेल्ट एन्ड रोड सहकार्य (बिआरआई)को फ्रेमवर्कमा हस्ताक्षर भएको छ। यसले नेपाल र चीनबिचको विकास सहकार्यमा नयाँ ढोका खुलेको छ,’ प्रधानमन्त्रीले भनेका छन्।
 

See More On

सुझावित समाचार