तस्करीको पाँच केजी सात सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनजना विदेशी नागरिक पक्राउ परेका छन् । मंगलबार बेलुका भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले चिनियाँ नागरिक जियान होङ, म्यानमारका साट मियाङ टुन र एल गोन फूलाई पक्राउ गरेको हो ।
संयुक्त अरब इमिरेट्सको शारजहाबाट आएका उनीहरूले लगेजमा स्पिकरभित्र लुकाएर सुन तस्करी गर्ने प्रयास गरेका थिए । लगेज शंका लागी पुनः जाँच गर्ने क्रममा स्पिकरभित्र सुन भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

