कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मलेसियनसहित चारजना पक्राउ

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

आकर्षक तलब सुविधाको लोभ देखाएर खाडी मुलुक कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले सिराहाको लहानबाट मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरी ठगीसम्बन्धी मुद्दा चलाएको छ । 

लहान नगरपालिका– ४ स्थित गोधूलि होटेलमा बसेर कतार पठाइदिन्छौँ भन्दै केही व्यक्तिको अन्तर्वार्ता लिई रकमसमेत उठाएको अवस्थामा शुक्रबार राति मलेसियनसहित चारजनालाई पक्राउ गरी सिराहा जिल्ला अदालतबाट चार दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ पर्नेहरूमा मलेसियन नागरिक करिब ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान २३ का करिब २३ वर्षीय रामाशंकर यादव, रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण यादव छन् । 

प्रहरीका अनुसार पक्राउ परेकाहरूले नेपाल सरकारको कुनै निकायबाट पनि वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने अनुमति नलिएको पाइएको छ । अदालतबाट म्याद थपिएका चारजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको लहान प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । 
 

See More On

सुझावित समाचार