दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, २ कार्तिक, २०८१
डिजिटल संस्करण

दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु  हुनेमा गढवा गाउँपालिका– ७  निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले बताए । 

चुनढुंगा लिएन जान लागेको टिपर घोराही–तापा सडकखण्डअन्तर्गत जुम्लेपानीमा रा.१ख १८५७ नम्बरको टिपर दुर्घटना भएको हो। टिपर बिहीबार राति  सडकदेखि करिब एक सय  मिटर तल खसेको प्रहरीले जनाएको  छ ।

सुझावित समाचार